काठमाडौँ — बीवाईडी सिगल अर्थात् डल्फिन मिनीले वर्ल्ड कार अवार्ड कार्यक्रमअन्तर्गत ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ को उपाधि जितेको छ ।
गत अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा कम्पनीले विश्वका ११ उत्कृष्ट सवारीसाधनसँग प्रतिस्पर्धा गर्दै उक्त अवार्ड हात पारेको हो ।
बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको कम्पनीको भनाइ छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी–फ्रेन्डली परफर्मेन्सले गर्दा यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरका रूपमा स्थापित हुँदै आएको कम्पनीको दाबी छ ।
