यामाहाको ब्लु फेस्ट 

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Yamaha's Blue Fest

यामाहा नेपालले ‘यामाहा ब्लु फेस्ट’ सम्पन्न गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी उक्त फेस्ट चैत ३ देखि वैशाख ३ सम्म सञ्चालन भएको थियो ।

फेस्टमा ग्राहकले दुईपांग्रे सवारीसाधन साट्ने अवसर पाएको कम्पनीले जनाएको छ । फेस्टमा नयाँ यामाहा सवारीसाधनमा विशेष छुट थियो । फेस्टमा कम्पनीले ग्राहकका लागि आकर्षक अफरसमेत उपलब्ध गराएको थियो, जहाँ ग्राहकले कुनै पनि ब्रान्डको मोटरसाइकल एक्सचेन्ज गर्दा यामाहाबाट ५० हजार र अन्य ब्रान्डमा २५ हजार रुपैयाँको न्यूनतम मूल्यांकन प्राप्त गरेको कम्पनीले बताएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully