काठमाडौँ — एनसेलका ग्राहकले एनसेल एपमार्फत अब रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । ग्राहकले सयदेखि २ सय रुपैयाँसम्मको अनलाइनमार्फत रिचार्ज गर्दा बोनस डेटा पाउने भएका हुन् । बोनसमा ग्राहकले एक दिनका लागि २०० एमबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी २ सय रुपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनका लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाउनेछन् । यो बोनस डेटा स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू नहुने कम्पनीको भनाइ छ । ग्राहकलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्न एनसेलले उक्त योजना ल्याएको बताएको छ ।
