जेठमा ट्राभल मार्ट 

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Travel Mart in May

काठमाडौँ — नेपालको घरेलु पर्यटन प्रवर्द्धन गर्न नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले तेस्रो संस्करणको बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट आयोजना गर्ने भएको छ । आउँदो जेठ १० देखि काठमाडौं र लुम्बिनीमा आयोजना गरिने मार्ट जेठ १२ सम्म सञ्चालन हुनेछ ।

मार्टमा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताको सहभागिता रहने संयोजक जिस्वा तुलाधर श्रेष्ठले जनाए । मार्टमा सहभागी हुने देशमा भारत, चीन, भुटान, म्यानमार, थाइल्यान्ड, मलेसिया, श्रीलंकालगायत मुख्य रहेको उनको भनाइ छ ।

मार्टमा १ हजारभन्दा बढी आगन्तुकको उपस्थिति रहने आयोजकको अपेक्षा छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, बौद्धमार्गीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधि रहने जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully