नेपाली बजारमा निप्पोन पेन्ट

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Nippon Paint in Nepali market

काठमाडौँ — नेपालको बढ्दो अटोमोटिभ रिफिनिस बजारमा निप्पोन पेन्ट आएको छ । कम्पनीले नेपालमा नयाँ कार्यालय स्थापना गर्दै प्रिमियम कोटिङ उत्पादन भित्र्याउने तथा नवीन सेवा प्रदान गर्ने योजना बनाएको जनाएको छ ।

नेपालको अटोमोटिभ क्षेत्रमा दीर्घकालीन लगानी गर्ने लक्ष्यसहित निप्पोन पेन्टले उच्च–गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउने तयारी गरेको बताइएको छ । यसै क्रममा, नेपाली अटो बडी सपहरूका लागि विशेष रूपमा डिजाइन गरिएको एन–म्याक्स अटोमोटिभ रिफिनिस लाइन प्रस्तुत गर्दै छ ।

अर्न एपको सुरुवातमार्फत स्थानीय पेन्टरलाई सशक्त बनाउने योजना पनि कम्पनीको छ । यस एपले पेन्टरलाई विभिन्न पुरस्कार तथा प्रोत्साहन कार्यक्रममार्फत लाभान्वित गर्ने कम्पनीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully