हार्दिक आईभीएफलाई आईएसओ

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

ISO to Hearty IVF

काठमाडौँ — निःसन्तान दम्पतीलाई सन्तान सुख प्राप्त गर्न उपचार गर्दै आएको काठमाडौं सिनामंगलस्थित हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘आईएसओ ९००१ः२०१५’ को प्रमाणपत्र दिइएको छ ।

हार्दिकको गुणस्तरीय व्यवस्थापन प्रणाली, कुशल समाधान, ग्राहकको बलियो विश्वास र सन्तुष्टि रहेको भन्दै सेन्टरलाई आईएसओको प्रमाणपत्र दिइएको सेन्टरको दाबी छ ।

नयाँ वर्षको उपलक्ष्यमा हार्दिकले चैत १० देखि वैशाख ३१ सम्म निःशुल्क सामान्य काउन्सिलिङ वा इन्ट्रायुटेरस इन्सेमिनेसन (आईयूआई) सेवा दिइरहेको जनाएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully