रोयल इन्फिल्डका पाँच भेरिएन्ट 

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Five variants of Royal Enfield

काठमाडौँ — रोयल इन्फिल्डले नेपालमा क्लासिक ३५० का पाँच भेरिएन्ट सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० नेपाली बजारमा ल्याइएको कम्पनीले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीले क्लासिक ३५० हेरिटिज सिरिज, हेरिटिज प्रिमियम, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम सार्वजनिक गरेको छ ।

हेरिटिज सिरिजको मूल्य ५ लाख ५५ हजार, हेरिटेज प्रिमियम ५ लाख ६६ हजार, सिग्नल्सको ५ लाख ६६ हजार, डार्क सिरिजको ५ लाख ७३ हजार र क्लासिक क्रोमको ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले बताएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully