प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक सम्झौता

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Commercial agreement between Prabhu Bank and Agricultural Market Management Committee

काठमाडौँ — प्रभु बैंक र पोखराको शान्तिवन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ ।

वैशाख १ मा भएको सम्झौतापत्रमा बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना र कृषि समितिका अध्यक्ष नवराज दुवाडीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार कास्कीलगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजलाई उक्त समितिमातहत सञ्चालित स्टलबाट बिक्रीवितरण गर्दा हुने आर्थिक कारोबारलाई बैंकले सहजीकरण गर्नेछ । 

कान्तिपुर

Link copied successfully