स्मार्ट च्वाइस टेक्नोलोजी पीसीईआई प्रमाणित

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Smart Choice Technology PCIe Certified

काठमाडौँ — स्मार्ट च्वाइस टेक्नोलोजिज पेमेन्ट कार्ड इन्डस्ट्री–डेटा सेक्युरिटी स्ट्यान्डर्ड्स (पीसीआई–डीएसएस) भी.४.०.१ प्रमाणित भएको छ । कम्पनीका अनुसार यो प्रमाण सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ ।

पीसीआई–डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो । यो भुक्तानी कार्डसम्बन्धी डेटा सुरक्षा सुनिश्चित गर्न तयार गरिएको हो । यस मापदण्डअन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रिया निर्धारण गरिन्छ, जसले डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully