बजारमा सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Samsung Galaxy S25 Ultra in the market

काठमाडौँ — सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसरमा बजारमा ग्यालेक्सी एस२५ अल्ट्रा ल्याएको छ । सामसङले १ टेराबाइट स्टोरेज क्षमता भएको ग्यालेक्सी एस२५ अल्ट्रा १ टीभी नेपाली बजारमा ल्याएको हो ।

यसमा आधुनिक एआई फिचर र विशाल स्टोरेजको साथ फ्ल्यागसिप स्मार्टफोन इन्टिग्रेटेड मल्टिटास्किङ क्षमता रहेको कम्पनीले जनाएको छ । साथै ग्यालेक्सी एस२५ अल्ट्रामा वन यूआई ७ एआई प्लेटफर्म आधारित नाउ बर, नाउ ब्रिफ, सर्कल टु सर्च, कल ट्रान्सक्रिप्ट र समरी, राइटिङ असिस्ट र ड्रइङ असिस्टलगायत टुल छन् ।

यी टुलले प्रयोगकर्ताको दैनिक प्रयोगलाई स्मार्ट र सहज बनाउने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ पर्नेछ । यसैगरी वैशाख ४ देखि देशभर रहेका सामसङका आधिकारिक स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully