एनसेलले ल्यायो नयाँ प्याकहरू

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Ncell has introduced new packs

काठमाडौँ — एनसेलले ग्राहकका लागि ३० रुपैयाँभन्दा कममा दैनिक रूपमा अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने नयाँ प्याक सार्वजनिक गरेको छ । भ्वाइस सेवातर्फ ३९ देखि ५९९ रुपैयाँसम्मका ६ नयाँ प्याक उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

यसमा ७ दिनका लागि १९८ रुपैयाँमा अनलिमिटेड अल नेपाल प्याक समावेश छ । यसैगरी एनसेल–एनसेल कलका लागि ३ दिनको अनलिमिटेड डे अन नेट प्याक ५० रुपैयाँमा र ८४ दिनसम्म ९९९ मिनेट अल नेपाल टक टाइमको प्याक ५९९ रुपैयाँमा उपलब्ध छ ।

भारतमा कल गर्नुपर्ने ग्राहकलाई लक्ष्य गर्दै ४९ रुपैयाँमा २८ दिनसम्म मान्य आईएलडी प्याक पनि एनसेलले ल्याइएको कम्पनीको भनाइ छ, जसले भारतमा प्रतिमिनेट २.९९ रुपैयाँमा फोन गर्न सुविधा दिने कम्पनीको भनाइ छ ।

साथै डेटा सेवामा एनसेलले सस्तो दरमा दुई अनलिमिटेड डेटा प्याक ल्याएको छ । ९९ रुपैयाँमा ३ दिन र २ हजार ४ सय ९९ रुपैयाँमा ८४ दिनको प्याक ल्याएको हो । 

कान्तिपुर

Link copied successfully