काठमाडौँ — प्रभु बैंक र गोरखा गार्डन होटलबीच व्यावसायिक साझेदारी गरिएको छ । वैशाख २ मा आयोजित एक समारोहबीच बैंक र होटलबीच आफ्ना कर्मचारी तथा ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले पोखरा गोरखानगरपालिका–६ अर्घले स्थित गोरखा होटलमा १५ प्रतिशत छुट पाउनेछन् । बैंकका प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना र होटलका अध्यक्ष सुरेन्द्र कुँवरले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै ग्राहकले बैंकको डेबिड तथा क्रेडिट कार्ड वा बैंकको कुनै पनि विद्युतीय माध्यमबाट होटलको सेवा प्रयोग गरेबापत भुक्तानी गर्दा छुट पाउनेछन् ।
