होटल सिद्धार्थलाई अति उत्तमको ‘लोगो र स्टिकर’ प्रदान 

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Best 'Logo and Sticker' provided to Hotel Siddharth

नेपालगन्ज — खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले होटल सिद्धार्थलाई स्वच्छता स्तरीकरणमा प्राप्तांकका आधारमा ‘अति उत्तमको लोगो र स्टिकर’ प्रदान गरेको छ ।

कार्यालयले खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय नेपालगन्जका कार्यालय प्रमुख प्रशान्त पोखरेल होटलमै पुगेर स्टिकर टाँस्नुका साथै स्तरीकरण प्रमाणपत्र प्रदान गरेका हुन् । 

मूल्यांकनमा होटललाइ अति उत्तम (तीन तारा), स्टिकर प्रदान गरीएको थियो । कार्यालयले पहिलो चरणमा मूल्यांकनमा तीनवटा होटललाई समावेश गरेको थियो । 

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले सिद्धार्थले स्वास्थ्य, सुरक्षा र सन्तुष्टि उच्च प्राथमिकता राखेको बताउँदै आगामी दिनमा पनि यो पहिचान कायम राख्ने प्रतिबद्धता गरे ।

कान्तिपुर

Link copied successfully