केटीएम बाइक किन्न नागरिकता बाहेक कागजात नचाहिने

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

No document required except citizenship to buy KTM bike

काठमाडौँ — केटीएम नेपालले नयाँ वर्षको सुरुवातसँगै नागरिकताको भरमै बाइक किन्न सकिने योजना ल्याएको छ । केटीएम बाइकलाई सबैको पहुँचयोग्य बनाउन कम्पनीले उक्त योजना ल्याएको जानकारी दिएको छ ।

यस योजनाअनुसार ग्राहकले अब नागरिकताको भरमै केटीएमको बाइक खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले ३६ महिनाको ईएमआई सुविधा, ४० प्रतिशत डाउनपेमेन्ट, कुनै पनि बाइक एक्सचेन्जमा १५ हजार रुपैयाँसम्मको मूल्यांकन र नयाँ खरिदमा केटीएमले हेल्मेट तथा उपहार पनि प्रदान गर्नेछ । यो सुविधा केटीएमको आधिकारिक सोरुममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully