काठमाडौँ — एनआईसी एसिया बैंकले ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना ल्याएको छ । बैंकले एफ वान सफ्टसँगको सहकार्यमा ग्राहकका लागि आइफोन जित्न सकिने उक्त योजना ल्याएको बैंकले जनाएको छ ।
यस योजनामा सहभागी हुन ग्राहकले बैंकको मोबाइल बैंकिङ एफमार्फत सय रुपैयाँभन्दा माथि मोबाइल टपअप गर्नुपर्नेछ । यसमा सहभागीमध्ये एक जना भाग्यशाली ग्राहकले आइफोन १६ उपहार जित्न सक्नेछन् । यो योजना वैशाख ३१ सम्म सञ्चालन हुने बैंकले जनाएको छ ।
