नेपाली बजारमा निप्पोन पेन्टको प्रवेश

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Entry of Nippon Paint in Nepali market

काठमाडौँ — नेपालको बढ्दो अटोमोटिभ रिफिनिस बजारमा निप्पोन पेन्टले उपस्थिति विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले नेपालमा नयाँ कार्यालय स्थापना गर्दै प्रिमियम कोटिङ उत्पादनहरू भित्र्याउने तथा नवीन सेवा प्रदान गर्ने योजना बनाएको जनाएको छ ।

नेपालको अटोमोटिभ क्षेत्रमा दीर्घकालीन लगानी गर्ने लक्ष्यसहित निप्पोन पेन्टले उच्च-गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउने तयारी गरेको जनाएकोछ । यसैक्रममा, नेपाली अटो बडी सपहरूका लागि विशेष रूपमा डिजाइन गरिएको एन-म्याक्स अटोमोटिभ रिफिनिस लाइन प्रस्तुत गर्दैछ । साथै, अर्न एपको सुरुवातमार्फत स्थानीय पेन्टरहरूलाई सशक्त बनाउने योजना पनि कम्पनीले बनाएको छ । यस एपले पेन्टरहरूलाई विभिन्न पुरस्कार तथा प्रोत्साहन कार्यक्रममार्फत लाभान्वित गर्ने कम्पनीले जनाएको छ । कम्पनीले स्थानीय साझेदारी तथा खुद्रा व्यापार रणनीतिहरूमार्फत नेपालका ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने लक्ष्य राखेको छ ।

निप्पोन पेन्टको भारतभर दुई हजारभन्दा बढी सहरहरूमा वितरण सञ्जाल रहेका छन् । निप्पोन पेन्ट ग्रुप अटोमोटिभ रिफिनिसेसका वरिष्ठ उपाध्यक्ष शरद मल्होत्राको नेतृत्वमा, कम्पनीले भारत, इन्डोनेसिया, अस्ट्रेलिया र मध्यपूर्वमा आफ्नो व्यवसाय मजबुत बनाइसकेको छ । अब पश्चिम एशिया र अफ्रिकासम्म आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिसहित, निप्पोन पेन्टले मास्टरक्राफ्ट ब्रान्ड ल्याउने योजना बनाएको जनाइएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully