काठमाडौँ — ई–सेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि ई–सेवा प्रयोगकर्ता र बैंकका ग्राहकले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।
हालै आयोजित एक समारोहबीच कम्पनीका प्रतिनिधिले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै अब बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै ई–सेवा वालेटमा रकम लोड गर्न सक्नेछन् । साथै ई–सेवा प्रयोगकर्ताले वालेटमा भएको रकम बैंक खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
