काठमाडौँ — एमएडब्लू वृद्धि अटो कर्पले ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को औपचारिक डेलिभरी सुरु गरेको छ । यससँगै अब ग्राहकले ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।
उक्त गाडी एउटा बटन थिच्नेबित्तिकै ‘लक्जरियस एसयुभी’ बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेहिकल’ मा परिणत हुन सक्ने क्षमताको रहेको कम्पनीको दाबी छ । यो रियर ह्विलड्राइभ र अल ह्विलड्राइभ दुवै भेरिएन्टमा उपलब्ध छ ।
दिपल ई०७ ले पावर र पर्फर्मेन्स दुवै प्रदान गर्ने कम्पनीको भनाइ छ । अहिले भने रियर ह्विलड्राइभको डेलिभरी सुरु भएको कम्पनीले जनाएको छ । यसमा १९० किलोवाटको मोटर छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज दिने विशेषता रहेको कम्पनीले बताएको छ । कम्पनीले दिपल ई०७ सार्वजनिक गर्नुअघि यसको प्रि–बुकिङ खुलाएको थियो । बुकिङ गरेका ग्राहकलाई दिपल ई०७ को डेलिभरी सुरु गरेको कम्पनीले जनाएको छ ।
