सूर्यज्योति लाइफको ‘ई–कर्जा’ र ‘सूर्यज्योति केयर्स’

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Suryajyoti Life's 'e-loan' and 'Suryjyoti Cares'

काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दुई नयाँ डिजिटल सेवा सार्वजनिक गरेको छ । कम्पनीले ‘ई–कर्जा’ र ‘सूर्यज्योति केयर्स’ नामक डिजिटल सेवा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले उक्त सेवाको सुरुवात गरे ।

कम्पनीको पहिलो प्राथमिकता बिमा दाबी भुक्तानी र नवीनतम प्रविधिको प्रयोग रहेको खत्रीले बताए । ई–कर्जा सेवामार्फत ग्राहकले अनलाइनबाटै बिमा लेखका आधारमा ५० हजार रुपैयाँसम्मको कर्जा पाउने कम्पनीले जनाएको छ ।

यो कर्जा पाउन भने बिमा लेख जारी भएको मितिबाट कम्तीमा तीन वर्ष पूरा भएको हुनुपर्नेछ । बिमा शुल्क पनि भुक्तानी हुनुपर्नेछ । यसैगरी सूर्यज्योति केयर्स डिजिटल कार्ड बिमित र अभिकर्ताका लागि विशेष सुविधा छ । यसले बिमित र अभिकर्तालाई विभिन्न सेवाको भुक्तानीमा सहुलियत प्रदान गर्ने कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully