काठमाडौँ — एफवान सफ्ट ग्रुपअन्तर्गतको एफवान सफ्ट इन्टरनेसनलले बैंकर्स मिटअप २०२५ आयोजना गरेको छ । हालै ललितपुरमा एक समारोहबीच फोन पे र ई–सेवासँगको सहकार्यले एफवान सफ्टले बैंकर्स मिटअप आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ नेतृत्वकर्तासँग डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता, ओपन बैंकिङ इकोसिस्टमलगायत विषयमा अन्तर्क्रिया गरियो ।
उक्त अवसरमा एफवान सफ्टले ओसीआर फेसियल रिकक्नेसन आधारित डिजिटल अनबोडिङ प्लेपफर्म सार्वजनिक गरेको छ । साथै फोनले ब्लकचेन एकाउन्ट एग्रिगेटर र ई–सेवाले एजेन्टिक एआई सेवा सार्वजनिक गरेको छ ।
