मर्क्योरमा जायका रेस्टुराँ 

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Zaika Restaurant at Mercure

काठमाडौँ — सुकेधारा हाइटमा रहेको मर्क्योर होटलले भारतीय स्वाद पस्किने रेस्टुराँ ‘जायका’ सञ्चालनमा ल्याएको छ । अभिनेत्री मनीषा कोइरालाले गत सोमबार उक्त रेस्टुराँको उद्घाटन गरिन् ।

जायकाले सेफ मुकेश सिंह र सहायक सेफ मोहम्मद अहमदको पाककलाको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै भारतको परम्परागत स्वादलाई आधुनिक भव्यतासाग मिश्रण गर्ने उद्देश्य रहेको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जायकाको मेनुमा भारतीय खानाको विविधतासहित विभिन्न परिकार समावेश रहेको जनाइएको छ । मुर्ग सहजहानी, नल्ली निहारी र कसुन्दी झिँगालगायत परिकार रहेको होटलले बताएको छ ।

होटलको दशौं तलामा अवस्थित जायकाबाट काठमाडौं उपत्यकाको अनुपम दृश्यावलोकन गर्न सकिनेछ, जसले हरेक भोजनलाई भव्यता र शान्तिको महसुस गराउने होटलको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully