सिटिजन्सका ग्राहकलाई मोडर्न डायग्नोस्टिकमा छुट

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Discount on Modern Diagnostics for Citizens customers

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन् । यसका लागि भने ग्राहकले अस्पतालको बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ वा कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । आफ्ना ग्राहकलाई विभिन्न सेवा उपलब्ध गराउन छुट ल्याउने गरेको बैंकले जनाएको छ । यस किसिमको सुविधाले ग्राहक डिजिटल बैंकिङ कारोबारतर्फ आकर्षित हुने बैंकको विश्वास छ । डिजिटल कारोबारलाई बढाउन र प्रोत्साहन गर्न बैंकले उक्त छुट सेवा ल्याएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully