नेपाल बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच छुट सम्झौता

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

Discount agreement between Nepal Bank and Bhaktapur International Hospital

काठमाडौँ — नेपाल बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकले उपचारमा छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत रामजीकुमार श्रेष्ठले हस्ताक्षर गरे । भक्तपुरको कौशलटारमा रहेको हस्पिटलमा उपचार गर्दा लाग्ने ग्राहकले ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । अस्पतालबाट प्रदान हुने गाइनो एन्ड फर्टिलिटी, डायग्नोस्टिक एन्ड न्युट्रिसन, मेडिकल फेसिलिटी, इन्डोस्कोपी, ईसीजी, एक्स–रे, मुटु, कलेजो, किड्नी, न्युरोलगायत उपचारमा ग्राहकले छुट पाउने बैंकले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully