काठमाडौँ — नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल ईभीको विक्रीवितरण सुरु गरेको छ ।
बुधबार आयोजित विशेष कार्यक्रममा चित्तवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलीप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियालगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरे । नेपालमा सार्वजनिक भएको एक वर्षमा आठ सयवटा भन्दा दिपल विक्री भइसकेको र डिजाइन तथा प्रविधिका कारण ईभीप्रेमीको रोजाइमा परेको एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले बताए ।
