काठमाडौँ — नेपाल उद्योग परिसंघले म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ ।
परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको जनाएको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरेको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्री उपलब्ध गराएको हो ।
