काठमाडौँ — यामाहा नेपालले दुईपांग्रे सवारीप्रेमीलाई लक्ष्य गर्दै बाइक एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लु फेस्ट’ सुरु गरेको छ । चैत २८ देखि वैशाख ३ सम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
फेस्टमा ग्राहकले पुरानो बाइक साट्न सक्नेछन् । नयाँ यामाहा सवारीसाधनमा विशेष छुट पाउनेछन् । साथै कम्पनीले ग्राहकका लागि आकर्षक अफरसमेत उपलब्ध गराएको जनाएको छ, जहाँ ग्राहकले कुनै पनि ब्रान्डको बाइक एक्सचेन्ज गर्दा यामाहाबाट ५० हजार र अन्य ब्रान्डमा २५ हजार रुपैयाँको न्यूनतम मूल्यांकन प्राप्त गर्नेछन् । एक्सचेन्जमा अतिरिक्त १० रुपैयाँ बोनससमेत कम्पनीले प्रदान गर्नेछ ।
