भैरहवा — रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस बाइ सोल्टीले प्रत्येक शनिवारकालागि सस्तो ‘सटर्डे ब्रन्च’ प्याकेज घोषणा गरेको छ । स्वदेशी पाहुना लक्षित गरेर प्रतिव्यक्ति १ हजार ४ सय ९९ रुपैयाँमा खानपिन र मनोरञ्जनका प्याकेज सार्वजनिक गरेको हो ।
टाइगर प्यालेसबाइ सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्माका अनुसार बिदाकादिन स्वदेशी पाहुनाले पनि पाँचतारे रिसोर्टका सेवासुविधा उपभोग गर्न सकुन भनेर सस्तो प्याकेज घोषणा गरिएको हो । प्रत्येक शनिबार मध्यान्ह साढे १२ देखि साढे ३ बजेसम्म प्याकेज अन्तर्गत रिर्सोटमा स्वदेशी र बिदेशी परिकार खानपिनसँगै खेल र संगीतमा रमाउने सुविधा रहेको शर्माले बताए ।
प्याकेज अन्तर्गत आउटडोरतर्फ भलिवल, क्रिकेट, ब्याटमिन्टन र इन्डोरतर्फ टेवलटेनिस र एयर हक्की खेलको सुविधा रहेको छ । प्याकेज अवधिभर निशुल्क पौडी, रेन डान्सको सुविधा हुनेछ ।
‘होटलको स्विमिङ पुलसँगै रहेको क्याभना क्षेत्रमा स्वदेशी र बिदेशी खानाका स्टल राखिने छ,’जीएम शर्माले भने, ‘एकदमै सस्तो प्याकेजमा विभिन्न परिवारसँगै सफ्ट ड्रिङक उपलब्ध गराइनेछ ।’ खानपिन, खेलकुदसँगैं पाहुनाले डीजे संगीतमा नृृृत्य गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
