काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्सले ई–लोन सेवा सुरु गरेको छ । कम्पनीले घरबाटै बिमितले ऋणका लागि आवेदन दिन र ऋण प्राप्त गर्ने सेवा सुरु गरेको हो ।
ग्राहकले ई–लोनअन्तर्गत घरबाटै आईएमई लाइफ मोबाइल एप वा कम्पनीको वेबसाइटका माध्यमबाट ५ हजारदेखि एक लाख रुपैयाँसम्म कर्जा आवेदन दिन सक्नेछन् । आवेदनपछि कम्पनीले सजिलै बैंक खातामा ऋण उपलब्ध गराउने जनाएको छ ।
