काठमाडौँ — नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले चितवनबाट आफ्नो बिक्रीवितरण सुरु गरेको छ ।
हालै आयोजित एक समारोहबीच चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलीप थानेत र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियालगायतले दिपल एस०७एल र दिपल ई०७ लाई सार्वजनिक गरे ।
योसँगै कम्पनीले चितवनमा दिपलको सोरुम पनि सञ्चालनमा ल्याएको छ । एमएडब्लू वृद्धिले राजहंस अटोमोबाइलमार्फत चितवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड अनुभव प्रदान गर्न उक्त सोरुम सञ्चालनमा ल्याएको हो ।
