स्काइवेल चलाएर युरोप घुम्ने मौका

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

A chance to travel around Europe on a skywell

काठमाडौँ — अब युरोपमा नेपालीहरूको स्काइवेल चलाउने सपना साकार हुने भएको छ । नेपाली बजारमा उपलब्ध लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकहरूलाई युरोप भ्रमणमा लैजाने भएको हो ।

स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोपु क्याम्पेनमा सहभागी भइ स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यो अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काइवेल 'विई ११' तथा 'स्काईवेल ईटी ५' खरिद गर्दा खरिदकर्ता जोडीलाई युरोप भ्रमणमा लगिनेछ ।

युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काइवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ् समेत प्राप्त गर्न सफल भइसकेको छ ।

त्यसैगरी चीनबाट निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो । अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र रियल इभी एसयुभी हो । 

काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काइवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो ।

हाईअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाइनिज इभी विरलै पाइन्छन् ।  युरोपेली मुलुकहरूमा स्काइवेलले राम्रो सफलता हात पारेको छ । यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका साथ स्काइवेलको आयातकर्ता जि मोटर्स प्रालिले यो विशेष योजना ल्याएको हो ।

स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोपु योजनाअन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यतिमात्र नभइ सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन् । यसका लागि आफूले स्काईवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा#TestDriveSkywell र #DriveSkywellNepalToEurope ह्यासट्यागसहित पोष्ट गर्नेमध्ये एकजना पुरूष र एकजना महिलालाई युरोप भ्रमणको मौका दिइनेछ ।

स्काइवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो जसको विक्री मूल्य १ करोड १५ लाख रहेको छ भने स्काइवेलको विई ११ (४१०) किलोमिटर रेन्जको मोडलको मूल्य  ७९ लाख ९० हजार रहेको छ। विई ११ (५२०) किलोमिटर रेन्जको मूल्य ८९ लाख ९० हजार रहेको छ ।

यसैगरी स्काइवेलका यि दुवै मोडल फुल साइज एसयुभी हुन् जसमा १९० एमएम ग्राउण्ड क्लियरेन्स ,लक्जरी इन्टेरियर,उच्च शिक्षा प्रविधि,स्मार्ट फिचहरूजस्ता आधुनिक सुविधाहरू उपलब्ध छन्। स्काइवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर,इटहरी,चितवन र पोखरमा विक्री कक्षहरू सञ्चालनमा ल्याएको छ।

कान्तिपुर

Link copied successfully