काठमाडौँ — नेपालको ट्याक्सी सेवा प्रदायक मेट्रो अनलाइन ट्याक्सीले नयाँ किस्ताबन्दी अफरको सुरुवात गरेको छ । यस अफरअन्तर्गत ग्राहकले १० लाख रुपैयाँ डाउन पेमेन्टमा ईभी ट्याक्सी खरिद गर्न सक्नेछन् ।
ईजी एस्योरेन्स प्रालिअन्तर्गत रहेको यस कम्पनीले पुराना ट्याक्सीको सट्टामा नयाँ ईभी ट्याक्सी सञ्चालन गर्न इच्छुक ट्याक्सी चालकलाई सस्तो र सरल किस्ताबन्दी सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । मेट्रो अनलाइन ट्याक्सीका अध्यक्ष सञ्जित पौडेलले ईभी ट्याक्सी खरिद गर्नका लागि उक्त अफर ल्याइएको बताए । यस किस्ताबन्दी योजनाले ट्याक्सी चालकलाई आर्थिक रूपले सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ ।
