सामसङको ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Samsung's 'Start of the New Year, Connected Home and Family' offer

काठमाडौँ — सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ नामक अफर ल्याएको छ । यस अफरअन्तर्गत कम्पनीका नयाँ स्मार्ट टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभलगायत अप्लाएन्समा छुट तथा उपहार पाइनेछ ।

अफरअन्तर्गत १२ महिनासम्म वर्ल्डलिंक इन्टरनेट र नेटटीभी खरिदमा १२ महिनासम्म वर्ल्डलिंक इन्टरनेट, पुराना अप्लाएन्स एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र तीन वर्षको वारेन्टी पाउनेछन् । सामसङको एआई रेफ्रिजरेटर र वासिङ मेसिन खरिदमा पनि उपहार रहेको कम्पनीले जनाएको छ । रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully