काठमाडौँ — एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा नयाँ क्याफे र ग्यालरीको उद्घाटन गरेको छ । यस क्याफे र ग्यालरीमा बाइकिङ र कफीको नयाँ संस्कृति मिसाएको कम्पनीको भनाइ छ ।
पोखराको लेकसाइड रोडमा अवस्थित यस क्याफेले साहसिक कार्य र कफीप्रेमीका लागि उत्कृष्ट गन्तव्य स्थापित हुने कम्पनीले जानकारी दिएको छ । उद्घाटनको अवसरमा कम्पनीका संस्थापक सौरभ ज्योतिले मोटरसाइकलको रोमाञ्च र कफी संस्कृतिको न्यानोपनलाई एक अद्वितीय स्थानमा ल्याउन पाएको खुसी व्यक्त गरे ।
