काठमाडौँ — चौधरी ग्रुपअन्तर्गत रहेको अन्तर्राष्ट्रिय होम एप्लाएन्स ब्रान्ड बेकोले नयाँ वर्ष लक्षित ‘अन बक्स ह्याप्पिनेस’ उपहार योजना ल्याएको छ ।
योजनाअनुसार ग्राहकले घरायसी सामान रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर तथा प्रि–स्टेडिङ ओभनको खरिदमा छुट तथा उपहार पाउनेछन् । ग्राहकले बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वासिङ मेसिनमा ६ केजी एरियल म्याटिक, एयर कन्डिसनरमा जडान, डिसवासरमा २ प्याकेट डिसवासरलगायत उपहार पाउने कम्पनीले जनाएको छ । यसका साथै ग्राहकले पुरानो सामानसँग नयाँ सामान पनि साट्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
