काठमाडौँ — नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष लक्षित ‘खुसीको मिटर’ क्याम्पेन सार्वजनिक गरेको छ ।
यस क्याम्पेनअन्तर्गत ग्राहकले मोटरसाइकल किन्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक उपहार जित्नेछन् ।
कम्पनीले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको हो । यस खेलअन्तर्गत जो पनि सहभागी हुन सक्छन् । साथै घरमै बसी विभिन्न उपहार जित्न सक्नेछन् । यसका लागि भने कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ । क्याम्पेनअन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने ग्राहकले अर्को चरणको गेम सोरुममा खेल्न पाउनेछन् । यी ग्राहकले भने एक लाख रुपैयाँसम्म नगद उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।
