काठमाडौँ — पर्यटकीय नगरी पोखरा महानगरपालिका–१७ मा टेम्पल बेल बुटिक होटेल एण्ड स्पा सञ्चालनमा आएको छ ।
सन् २००८ लदेखि पर्यटन व्यवसायमा चिल्ल ग्रुपको लगानीमा स्थापना भएको होटलले बुटिक अवधारणमा आधारित रहेर स्थानीय मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने उद्देश्यसहित बुटिक सञ्चालनमा ल्याएको हो ।
सन् २०२१ मा डिसेम्बरदेखि सुरु भएको होटलको निर्माण कार्य कोरोना महामारीकाबीच पनि सम्पन्न गरिएको र प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि प्राविधिक तथा कोरोनाका कारण निर्माण कार्य साढे तीन वर्षसम्म लागेको बताइएको छ ।
करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलको कूल लागत जग्गासिहत करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । होटलका अगाडि र पछाडी दुईवटा इन्टरकनेक्टेड ब्लकहरु छन् । ५५ कोटा रहेकोमा ४७ वटा डिलक्स बुटिक, पाँच सुपर बुटिक, २ जुनियर स्वीट र एक प्रसिडेन्सियल स्वीट रुम रहेका छन् ।
आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्विमिङ पुल, बुद्ध सदन नामक सम्मेलन हल, महिला र पुरुषका लागि स्टीम, साउना, थेरापी रुमसहितको अत्याधुनिक स्पा, याक एण्ड यति नामक स्विमिङ पुलसँगै बार, आन्टी नामक आलाकार्ट रेस्टुरेन्ट, आपतकालीन द्वार, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्ट रहेको होटलले जनाएको छ ।
नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाहरुका लागि विशेष छुट र अफरहरु उपलब्ध गराइएका छन् । जसमा स्वदेशी पाहुनालाई सिंगल र डबल रुममा छुटसहित ७ हजार पाँचसय देखि ८ हजार पाँच सय तोकिएको छ । विदेशीका लागि सिंगल रुम १२ हजार र डबल रुम १४ हजार शुल्क तोकिएको छ ।
यसका साथै स्वीट रुममा छुटसहित स्वदेशीलाई ३५ हजार र विदेशीलाई ४८ हजार रुपैयाँ तोकिएको छ । स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको होटलका म्यानेजिङ डाइरेक्टर भिष्मराज पौडेलले जानकारी दिए ।
