काठमाडौँ — नयाँ बर्षका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले 'चुज योर फ्युचर हुन्डाइ सँग ' नारा सहितको नयाँ योजना बजारमा ल्याएको छ । यो योजना २१ चैतदेखि नेपालभर लागु हुने कम्पनीले जनाएको छ ।
यो योजनामा ग्राहकहरुले हुन्डाइ गाडीको खरिदमा ६ लाख रुपैँयासम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । क्रेटा इभी र क्रेटा आइसीइ गाडी खरिदमा पनि यो अफर लागु हुनेछ । कम्पनीले यो योजनामा गाडी किन्नेले १ वर्षसम्म निशुल्क बिमा र सवारी करका साथै तुरुन्तै मुल्याकंन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले हरेक वर्ष ग्राहकका निम्ती यस्तै अफरहरु ल्याइरहेको छ । सबै आइसीइ हुन्डाइ गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको हाइ भोल्टेज व्याट्रीमा ८ वर्ष र गाडीको अरु पाटपुर्जामा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।
