हुन्डाईको योजना ‘यो नयाँ वर्ष, चुज युअर फ्युचर’

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

Hyundai plans 'This New Year, Choose Your Future'

काठमाडौँ — हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित ‘यो नयाँ वर्ष, चुज युअर फ्युचर’ योजना ल्याएको छ ।

ग्राहकलाई लक्ष्य गर्दै हुन्डाईले ल्याइएको योजनाअनुसार ग्राहकले नयाँ हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

ग्राहकले हुन्डाईले हालै सार्वजनिक गरेको क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईसीई गाडी किन्ने ग्राहकलाई थप उत्साह थप्ने कम्पनीको भनाइ छ ।

यस योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी कर पाउनेछन् । यसका अतिरिक्त ग्राहकले पुरानो गाडी साटेमा उचित मूल्यांकन पाउने कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully