काठमाडौँ — इको इन्फिनिटीले नेपाली बजारमा एफक्यूआई३०० सार्वजनिक गरेको छ । दुईपांग्रे सवारी एफक्यूआई३०० ईभी कम्पनीले बजारमा ल्याएको हो ।
एफक्यूआई३०० मा ४८०० वाटको मोटर क्षमता छ । ८० किलोमिटर प्रतिघण्टा दौडिन सक्ने यो सवारी अफ र अनरोड दुवैका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ । डुअल ब्याट्री क्षमता, पावर ब्याकअप, एक पटकको पूरा चार्जमा १५० किलोमिटर दौडिन सक्ने, चार घण्टामा चार्ज हुने, टाढा यात्रामा लान सकिनेलगायत विशेषता यसमा छन् ।
एफक्यूआई३०० लाई एपमार्फत पनि कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ, जसले चोरीबाट बच्न स्मार्ट पोजिसनिङ एन्टी–थिफ सेक्युरिटी सिस्टम, बाटोबारे बताउने ट्र्याक प्लेब्याक, राइडको विवरण राख्ने र ब्याट्रीको जानकारी दिइराख्ने कम्पनीले बताएको छ ।
