काठमाडौँ — प्रभु बैंक, गण्डकी प्रदेशले लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्गलाई लक्ष्य गर्दै पोखरामा बैंकिङ हब स्थापना गरेको छ ।
गण्डकी प्रदेश प्रमुख प्रदेश अधिकृत राजु रानाले उक्त केन्द्रको औपचारिक उद्घाटन गरे । यस पहलले उद्यमशीलता प्रवर्द्धन र वित्तीय पहुँच विस्तारमा सकारात्मक योगदान पुर्याउने उनको विश्वास छ ।
उक्त बैंकिङ हबले व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना र सञ्चालनका लागि आवश्यक ऋण सुविधा तथा वित्तीय परामर्श सेवा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
उपभोक्ताका लागि घर निर्माण, गाडी खरिद, शिक्षा तथा स्वास्थ्य सेवाजस्ता आवश्यकताका लागि विविध ऋण योजना प्रदान गरिने बैंकको भनाइ छ ।
