काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले बेबीलाइफ होमलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले हालै आयोजित एक समारोहबीच बेबीलाइफ होमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।
बेबीलाइफ होमले डेढ दशकदेखि एचआईभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्योपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको छ । बैंकले वैशाख ७ मा आफ्नो १८औं वार्षिकोत्सव मनाउने जनाउँदै बेबीलाइफ होमलाई उक्त सहयोग उपलब्ध गराएको हो । यसैगरी बेबीलाइफ होममा २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित छन् ।
