काठमाडौँ — नेपालका लागि एलजीको आधिकारिक वितरक तथा विक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष लक्षित योजना ल्याएको छ । कम्पनीले ‘४० वर्षदेखि घरघरमा’ भन्ने नारासहित उक्त योजना सुरु गरेको हो ।
यस योजनाअन्तर्गत ग्राहकले एलजीका सामान खरिद गर्ने ग्राहकले ४० प्रतिशतसम्म क्यासब्याक र उपहार प्राप्त गर्नेछन् । साथै खरिद गरेपछि कम्पनीले निःशुल्क डेलिभरीको सुविधासमेत उपलब्ध गराउनेछ । यो योजना भने एलजीका टीभी, फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनरलगायत उत्पादनमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
