काठमाडौँ — नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले शुक्रबारदेखि किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ ।
काठमाडौंको गैरीधारास्थित ओक ब्यांक्वेटमा सुरु भएको कार्निभल चैत २४ सम्म चल्ने कम्पनीले जनाएको छ । कार्निभलका अवसरमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री गरी कियाका गाडी लिन सक्नेछन् । कार्निभलमा सवारीसाधनका पारखीलाई कियाको उन्नत विद्युतीय र आईसीई गाडीमा अपग्रेड हुने अवसर रहेको कम्पनीको भनाइ छ ।
कम्पनीले कार्निभलमा कियाका गाडीको टेस्ट ड्राइभमा सहभागीका लागि उपहारको व्यवस्था गरेको छ । कार्निभलमा एक्सचेन्ज बोनसबापत ६ लाख रुपैयाँसम्म र नगद भुक्तानी गरेर गाडी किन्दा ६ लाख रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
