काठमाडौँ — सानिमा बैंकका ग्राहकले भारतको मेडिकल एन्ड डायग्नोस्टिक प्रालि (एपोलो) बीच छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले भारतको एपोलो अस्पतालमा छुट प्राप्त गर्नेछन् ।
सानिमा भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । भारतको चेन्नई, बैङ्लुरु, नयाँदिल्ली, अहमदाबाद र कोलकातामा रहेको एपोलो अस्पतालमा छुट सुविधा प्रयोग गर्न सक्नेछन् ।
