ग्लोबलका ग्राहकलाई सेल्सबेरीमा क्यासब्याक

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Cashback on Salesberry for Global customers

काठमाडौँ — ग्लोबल आईएमई बैंकका कार्डवाहक ग्राहकले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । यसका लागि बैंकका ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांगले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले सेल्सबेरीका ३७ वटै स्टोरमा पोइन्ट अफ सेल मेसिनमार्फत गरिने कारोबारमा प्रत्येक साताको शुक्रबार १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । बैंकले ग्राहकको सुविधाका लागि उक्त सुविधा ल्याएको जनाएको छ ।

कान्तिपुर

Link copied successfully