नेपाल लाइफलाई 'बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

'Best Life Insurance Company' Award to Nepal Life

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५’ बाट सम्मानित भएको छ । बिहीबार आयोजित १७औं कर्पोरेट बिजनेस अवार्ड्स २०२५ मा कम्पनी जीवन बिमा विधाबाट सम्मानित भएको हो ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त अवार्ड ग्रहण गरे । नेपाली बिमा कम्पनीको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्ता पुँजी, प्रथम बिमा शुल्क आर्जनलगायत मापदण्डका आधारमा कम्पनी सम्मानित भएको जनाइएको छ । 

कान्तिपुर

Link copied successfully