बौद्धमा पिजा हटको नयाँ स्टोर

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Pizza Hut's new store in Buddh

काठमाडौँ — नेपालका लागि पिजा हटको आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपालले काठमाडौंको बौद्धमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ ।

बुधबार एक समारोहबीच पिजा हटले उक्त स्टोर उद्घाटन गरेको हो । बौद्धमा उक्त स्टोर सञ्चालनमा आएसँगै नेपालमा पिजा हटका आठ आउटलेट पुगेको कम्पनीले जनाएको छ । उक्त आउटलेट बिहान ११ देखि राति ११ बजेसम्म खुला रहनेछ । आउटलेटमा २४ जना ग्राहक अटाउन सक्ने स्पेस रहेको कम्पनीको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully