काठमाडौँ — सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले पुत्तलीसडकस्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउने र नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाइएको छ ।
