कोष र पीयूबीच पेन्सन सम्झौता

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Pension Agreement between Fund and PU

काठमाडौँ — नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान र पेन्सन कोष सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

 हालै आयोजित एक समारोहबीच विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलिया र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकामा खुसी व्यक्त गरे । उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने साथै सहभागीलाई उचित प्रतिफल दिने कोषका कार्यकारी निर्देशक कार्कीले प्रतिबद्धता व्यक्त गरे । 

कान्तिपुर

Link copied successfully