निसानका फाइभ र सेभेन सिटर नयाँ गाडी

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Nissan's new five and seven seater vehicles

काठमाडौँ — निसान मोटर इन्डियाले सन् २०२५ भित्र फाइभ र सेभेन सिटर नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । हालै जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इन्भेन्ट’ मा कम्पनीले भारतीय बजार लक्षित उक्त दुई नयाँ उत्पादन प्रदर्शन गरेको थियो ।

कम्पनीले ५ सिटर कम्प्याक्ट एसयूभी र सेभेन सिटर बी–एमपिभी सार्वजनिक गर्ने भएको हो । निसानको नयाँ सेभेन सिटर बी–एमपीभी कम्पनीले विश्वव्यापी सार्वजनिक गर्नेछ । त्यसपछि फाइट सिटर सी–एसयूभी सन् २०२६ को सुरुवातसम्म बजारमा ल्याउने गरी सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully